वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
बैंकहरुले नाफा बढाए, कुन बैंकले कति कमाए ?
Prabhu Bank AD

काठमाडौं । आर्थिक वर्ष ०७८र७९ मा वाणिज्य बैंकहरूको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । दुई वर्षभन्दा बढी कोभिडका कारण ठप्प रहेको बजार खुलेपछि गत आवमा कर्जाको माग बढेको थियो । बैंकहरूले अहिले चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । शनिबारसम्म सातवटा वाणिज्य बैंकहरूले विवरण सार्वजनिक गरिसकेका छन् । सातमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले गरेको छ । ग्लोबलले पाँच अर्ब २० करोड रुपैयाँको खुद नाफा कमाएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले बढी हो ।

कर्जाको व्यापार विस्तार भएपछि बैंकहरूको नाफा बढ्नु स्वाभाविक भएको ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए । उनले भने, ‘आर्थिक वर्षको पहिलो तनि महिनामै बैंकहरूले कर्जा लगानी बढाएका थिए । गत आर्थिक वर्षमा धेरैले प्रतीतपत्र खोले । आयातमा ठूलो संख्यामा वृद्धि भएको छ । बैंकको नाफा बढ्नु स्वाभाविक नै मान्नुपर्छ ।’ नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत आर्थिक वर्षमा बैंकहरूले थप चार खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो आवमा यस्तो कर्जा आठ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी थियो ।

पहिलो त्रैमासको भदौ र असोजमा मात्रै बैंकहरूले दुई खर्ब ३४ अर्ब ऋण लगानी गरेका थिए । खासगरि कोभिडपछि खुलेको बजार र चाडपर्वमा हुने ठूलो मागलाई धान्न आयातमा ऋण प्रवाह भइसकेको थियो । बैंकहरूले वर्षभरिकै झन्डै ६० प्रतिशत ऋण बजारमा पठाइसकेपछि सोही ब्याजबाट कमाइ खाने अवस्था आएको ग्लोबलका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यको भनाइ छ ।

कुन बैंकले कति कमाए ?

 

प्रभु बैंक
प्रभु बैंकले गत वर्ष दुई अर्ब ६० करोड नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१।१० प्रतिशतले बढेको हो । अघिल्लो आवको असार मसान्तमा बैंकले एक अर्ब ७२ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा एक अर्ब ४१ करोड छ । खुद ब्याज आम्दानी पाँच अर्ब दुई करोड पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि दुई अर्ब ६० करोडबाट बढेर तीन अर्ब ८४ करोड पुगेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रेले गत आर्थिक वर्षमा दुई अर्ब १६ करोड नाफा कमाएको छ । अघिल्लो आवमा बैंकले एक अर्ब ६० करोड आर्जन गरेको थियो । एक वर्षमा बैंकको नाफा ३४।४२ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य नाफा एक अर्ब ३२ करोड ८४ छ । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा बैंकको खुद नाफा बढेको हो । अघिल्लो आवमा चार अर्ब ३५ करोड रहेकोमा गत आवमा बैंकको खुद ब्याज आम्दानी पाँच अर्ब सात करोड छ । यस्तै, सञ्चालन मुनाफा तीन अर्ब १३ करोड रुपैयाँ छ ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले पाँच अर्ब २० करोड नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा २५ प्रतिशतले वृद्धि गरेको हो । बैंकले चार अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७।५२ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ९।२७ प्रतिशतले बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १५।०४ प्रतिशत र सञ्चालन मुनाफा २६।९० प्रतिशतले बढेको छ ।

सानिमा बैंक
गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा घटेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १।०७ प्रतिशतले घटेर दुई अर्ब २९ करोड २९ लाख ९ हजार तीन सय २७ रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा दुई अर्ब ३१ करोड ७८ लाख २१ हजार पाँच सय ८० रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको एक अर्ब ४६ करोड ९९ लाख ८६ हजार एक सय ४५ रुपैयाँ छ ।

एनआइसी एसिया बैंक
यो बैंकको नाफा ३८।८६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा चार अर्ब ५२ करोड कमाएको हो । अघिल्लो वर्ष बैंकले तीन अर्ब २५ करोड खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले २७।५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख पु¥याएको छ । अघिल्लो वर्ष बैंकले नौ अर्ब २२ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

सिटिजन्स बैंक
गत आर्थिक वर्षमा सिटिजन्स बैंकको खुद नाफा २४।७६ प्रतिशतले बढेको छ । वित्तीय विवरणअनुसार बैंकले दुई अर्ब २५ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ८० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । एक वर्षमा बैंकले एक अर्ब ४२ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकको नाफामा सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा बैंकको नाफा १।७६ प्रतिशतले मात्रै बढेको छ । बैंकले एक अर्ब ६० करोड रुपैयाँ मात्रै कमाएको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा एक अर्ब ५७ करोड रुपैयाँ थियो । बैंकको खराब कर्जा ०।७५ प्रतिशतबाट बढेर ०।८९ प्रतिशत पुगेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर