वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
तातो हावा चल्दा स्पेनमा ५१० जनाको मृत्यु
Prabhu Bank AD

एजेन्सी । स्पेनमा केही समययता गर्मी बढेर तातो हावा चलेको छ। तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५१० पुगेको छ। मन्त्रालयका अनुसार यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन्।

यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो। गर्मीका कारण जनजीवन निकै कष्टकर बनेको छ। स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र यहाँ १५० जनाको ज्यान गएको जनाएको छ।

तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको र सोमबारसम्म ५१० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन्। उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका रहेका बताइएको छ।

गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ।  सिन्ह्वा

Prabhu Bank AD

सम्बन्धित खवर