वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
मन्त्री शशी श्रेष्ठले भनिन्– ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेका छौँ’
Prabhu Bank AD

 

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले ८ महिनाको समयावधिमा करिव ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको बताएकी छन्।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बोल्दै उनले सो जानकारी दिएकी हुन्।

मन्त्री श्रेष्ठले वर्तमान सरकार उपलब्ध साधन श्रोत, तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने काममा लागिपरेको बताइन्।

उनले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गर्ने दाबी पनि गरिन्।

उनले भनिन्, ‘मुक्त कमैया, हरुवाचरुवा लगायत जग्गाहीनलाई जमीनको मालिक बनाउने कार्यमा हामी दत्तचित्त भएर लागेका छौँ। यसलाई उच्च प्राथमिकताका साथ अभियानको रुपमा कार्यक्रम सञ्चालन गरी ८ महिनाको समयावधिमा करिब ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेका छौँ। आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान गर्ने लक्ष्य सरकारको छ।’

Prabhu Bank AD

सम्बन्धित खवर