वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
के नेपालले एसपीपी स्वीकार गरेको हो ? किन अस्ट्रेलिया जाँदै छन् प्रधानसेनापति शर्मा ?
Prabhu Bank AD

 

काठमाडौं । चौतर्फी रुपमा व्यापक विरोध भएपछि देउवा सरकारले मन्त्रिपरिषद्को बैठकबाट असार ६, २०७९ मा अमेरिकाको विवादित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको थियो । एसपीपी सम्झौता इन्डो प्यासिफिक सैन्य रणनीतिको अभिन्न अंग रहेको र इन्डो प्यासिफिक सैन्य रणनीति चीनलाई घेर्ने र कमजोर पार्ने रणनीतिमा आधारित छ । त्यसैलाई कारण र आधार बनाउँदै एसपीपी अस्वीकार गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।

तर महिना दिन बित्न लाग्दा पनि सरकारले एसपीपी सम्झौता अस्वीकार गर्ने भनेर अमेरिकालाई पत्राचार गरेको छैन । बरु त्यही अमेरिकाको इन्डो प्यासिफिक सैन्य कमाण्डले अस्ट्रोलियाको सिड्नीमा आयोजना गरेको इन्डो प्यासिफिक क्षेत्रका देशहरुका सेना प्रमुखहरुको सम्मेलनमा भाग लिन जना आइतबार (साउन १ गते) बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई अनुमति दिएको छ । उनको १५ दिने भ्रमण स्वीकृत भइसकेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउसँग एक चीन नीतिप्रद्धि प्रतिबद्ध रहेको, नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने वाचा गरेको नेपालले चिनियाँ लिउ फर्के लगत्तै इन्डो प्यासिफिकको सैन्य प्रमुखहरुको सम्मेलनमा पठाउनु, त्यो पनि नेपालका लागि प्रस्तावित अमेरिकी राजदुत थम्पसनले चीन विरोधी अभिव्यक्ति दिएको र त्यसको चीनले कडा प्रतिवाद गरेको पृष्ठभूमिमा, फेरि पनि छिमेकी चीनलाई चिढ्याउने कुटनीतिक वृतमा विश्लेषण हुन थालेको छ ।

नेपालले एसपीपी अस्वीकार गरेकोमा खुशी व्यक्त गरेको चीनका लागि प्रधानसेनापतिको अस्ट्रेलियाको भ्रमणले थप भूराजनीतिक तनावमा नेपाल फस्ने विश्लेषण गरिएको छ । र, प्रधानसेनापतिको भ्रमण रोक्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।

अमेरिकी सेनाको पहलमा साउन ९ देखि ११ सम्म अष्ट्रलियामा हुने ‘एनुअल चिफ्स अफ डिफेन्स कन्फ्रेन्स’मा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुख सहभागी हुनेछन्। त्यही सम्मेलनमा प्रधानसेनापति शर्मा पनि जान लागेका हुन्। शर्मा साउन ७ गते अष्ट्रेलियाका लागि प्रस्थान गर्नेछन्।

‘उनले दुई साताअघि मात्रै अमेरिकाको औपचारिक भ्रमण गरेका थिए। अमेरिकामा रहँदा शर्माले अमेरिकी उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्डको पहलमा उक्त सम्मेलन आयोजना हुन लागेको हो।

अमेरिकाले इन्डो–प्यासफिक क्षेत्रका सैनिक नेतृत्वसँग रणनीतिक सम्बन्ध विस्तारका लागि सैनिक प्रमुखहरुको सम्मेलनलाई महत्वपूर्ण फोरमका रुपमा अघि बढाएको छ। अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्ड र अस्ट्रेलियाले संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन्।

सम्मेलनमा अमेरिकी सेनाका वरिष्ठ अधिकारी सहभागी हुनेछन्। भूराजनीतिक र सामरिक अवस्थितिका कारण अमेरिकाले अस्ट्रेलियालाई इन्डो–प्यासिफिक क्षेत्रको महत्वपूर्ण मुलुक मान्दै आएको छ। इन्डो–प्यासिफिक सैन्य रणनीति (आईपीएस) कार्यान्वयनका लागि अमेरिकाले अस्ट्रेलियाको भूमिका प्रधान मान्दै आएको छ। चीनलाई नियन्त्रण र सन्तुलनमा राख्न अमेरिका र अस्ट्रेलियाले रणनीतिक साझेदारी दह्रो पार्दै लगेको देखिन्छ। नेपाललाई पनि सैन्य साझेदार राष्ट्रको रुपमा समेट्दै आएको अमेरिकाले एमसीसी र एसपीपीको माखेसाङ्लोमा नेपाललाई पारिसकेको र आगामी दिनमा यसका दुष्परिणामहरु देखिदै जाने र मुलुक भूराजनीतिक द्वन्द्वको चपेटामा पर्न थालिसकेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

Prabhu Bank AD

सम्बन्धित खवर