काठमाडौं ३२ असार । संसदीय चुनाव नजिक्दै गर्दा राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले संघीय र क्षेत्री स्तरको राजनीतिक भेला सम्मेलनको सुरुवात गरेको छ ।
मधेस प्रदेशको ८ वटै जिल्लामा जागरण अभियानले चुनावलाई लक्षित गरी दलित समुदायले कस्ता उमेदवार र कस्ता पार्टीलाई आफ्नो मतदान दिने भनेर राजनीतिक बैचारिक प्रशिक्षणात्मक कार्यक्रमको थालनी गर्ने निर्णय गरेको छ ।
सप्तरीको कडरबोना, सिरहाको गोलबजार, धनुषाको जनकपुर, महोतरीको गौशाला, सर्लाहीको बैलबास, रौतहटको चन्द्रनिगाहपुर, बाराको कलैया, पर्साका बिरगंजमा आयोजित जिल्ला स्तरीय कार्यक्रमले सोनिर्णय गरेको छ ।
कार्यक्रममा गंगा सदा, प्रथमलाल राम, बद्री सदा, चन्द्रनारायण राम,रामकुमार मण्डल, भागवत राम, शियालाल पासवान लगायतका नेतृत्व अभियनताहरुको उपस्थिति रहेको दिनेश रामले जानकारी दिएका छन् । स्थानीय निर्वाचनमा जागरण अभियानको सहयोगमा देशभर २४ स्थानीय तह र वाडा अध्यक्ष र सदस्यहरु निर्वाचित समेत भएका थिए ।

