काठमाडौं ।
प्रभु लाइफ इन्स्योरेन्स (PLI) र महालक्ष्मी लाइफबीच मर्जर सम्बन्धी सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । आज बिहीबार दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता गरेका हुन् ।
मर्जर सम्बन्धी सम्झौता पत्रमा प्रभु लाइफको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुवास अमात्य र महालक्ष्मी लाइफको तर्फबाट सञ्चालक समितिका अध्यक्ष मनोरञ्जन राज शर्माले हस्ताक्षर गरेका हुन् ।
हाल प्रभुको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र महालक्ष्मी लाइफको २ अर्ब १० करोड रुपैया (संस्थापकले पछि थपेको ७० करोड सहित) रहेको छ ।
स्रोतका अनुसार दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जरमा जाने सम्झौता गरेको हुन् । त्यस अनुसार दुई कम्पनी मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
प्रभु लाइफले सर्वसाधरणको लागि आईपीओ निष्काशन गरिसकेको छ भने महालक्ष्मी लाइफले हालसम्म सर्वसाधरणका लागि आईपीओ निष्काशन गरेको छैन् ।
त्यसैले मर्जर पश्चात बन्ने कम्पनीले शेयर संरचाना मिलाउन एफपीओ निष्काशन गर्नेछ ।
मर्जर पश्चात बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ भने कम्पनी सञ्चालक समितिको अध्यक्षमा सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई हुनेछन् ।

