वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
इजरायली आक्रमणमा इरानका प्रमुख सेक्युरिटी चिफ मारिए, हत्याको बदला लिने चेतावनी
Prabhu Bank AD

काठमाडौँ  अमेरिका–इजरायल र इरानबीच युद्ध चलेको १९ दिन पुगिसकेको छ । १९औं दिनसम्म आइपुग्दा इजरायलको आक्रमणमा इरानका प्रमुख सेक्युरिटी चिफ लिडर अली लारिजानी र उनका छोराको मृत्यु भएको छ । इरानको इस्लामिक रिभोल्यूशनरी गार्ड कर्प्सले यसको पुष्टि गरेको छ । इजरायली आक्रमणमा इरानका प्रमुख सेक्युरिटी चिफ मारिए संगै इरानले हत्याको बदला लिने इजरायलीलाई चेतावनी दिइएको हो ।

आईआरजीसीले यसपछि इजरायलको राजधानी तेल अविवमा एक सय भन्दा धेरै स्थानमा मिसाइल प्रहार गरेको छ । यो आक्रमण लारिजानी र उनका छोरा बसीज प्यारामिलिट्री फोर्सका कमान्डर घोलामरेजा सुलेमानीको हत्याको बदला लिनका लागि गरिएको इरानले बताएको छ ।

यस्तै इजरायलको बलियो प्रतिरक्षा प्रणालीले यो आक्रमणलाई रोक्न नसकेको इरानको दाबी छ । यता इजरायलले मिसाइलका टुक्रा खसेर एक महिलाको मृत्यु भएको बताएको छ ।

इजरायलले बसीज फोर्समा गरिएको आक्रमणको भिडियो जारी गरेको छ । इजरायली सेना आईडीएफद्वारा जारी भिडियोमा बसीज प्यारामिलिट्रीको ठेगानामा आक्रमणको दृश्य देख्न सकिन्छ । उक्त आक्रमणमा कमान्डर घोलामरेजा सुलेमानीको मृत्यु भएको छ ।

बसीज फोर्स इरानको एक स्वयंसेवक फोर्स हो । जो आवश्यकता परेका बेला प्रहरी र सेनाजस्तै काम गर्न सरकारको साथमा उभिने गर्दछ । इजरायली सेनाले इरानका नयाँ सुप्रिम लिडर मुजतबा खामेनेईलाई खोजेर अन्त्य गर्ने चेतावनी दिएको छ । सेनाका प्रवक्ता एफी डेफ्रिनले पत्रकारहरुसँग कुरा गर्दै मुजतबा खामेनेई सार्वजनिक रुपमा कम देखिएको र उनका बारेमा धेरै जानकारी नभएको बताएका छन् । तर उनी जहाँ भए पनि खोजेर अन्त्य गर्ने डेफ्रिनले बताए ।
म नेशनल सिक्योरिटी काउन्सिल’का सचिव अली लारिजानीको मृत्यु पुष्टि गरेको थियो। त्यसअघि इजरायलले लारिजानीलाई मारेको दाबी गरेको थियो।

‘सही समय र सही स्थानमा अपराधी अमेरिका र रगतको प्यासी जियोनिस्ट शासन ९इजरायल०लाई यस्तो निर्णायक जवाफ दिइनेछ, जो अरूका लागि पाठ बन्नेछ,’ हातामीले एक वक्तव्यमा भने, ‘उनीहरूलाई आफ्नो कर्ममा पछुतो हुनेछ।

उनले लारिजानी र अन्य सहिदहरूको मृत्युको बदला लिइने बताए। त्यस्तै, इरानको रिभोल्युसनरी गार्ड्स ९आईआरजीसी०ले लारिजानीको मृत्युको बदलामा मध्य इजरायलमा मिसाइल प्रहार गरेको जनाएको छ।

 

 

Prabhu Bank AD

सम्बन्धित खवर