वि.सं.२०८२ फागुन २० बुधवार
Dish Home Long Ad
नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने नायब सुब्बा पदका कर्मचारी
Prabhu Bank AD

 

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने नायब सुब्बा पदका कर्मचारी भएको खुलेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला हुन् । उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको एसपी भट्टराईले जानकारी दिए ।

प्रदेश ३–००१ ब। ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई आज बिहान ८स्४५ बजे बा। २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो । फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।

उनलाई बिहान ८.५५ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी भट्टराईले जानकारी दिए ।

टिपर चालक गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्ष विकाश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर