वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
घुमाउरो पारामा ओली पनि संघीयता खारेजीको पक्षमा
Prabhu Bank AD

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता संघीयता खारेजीको आवाज उठिरहेका छन् । यसै मेसोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि संघीयता खारेजीको पक्षमा देखिएका छन् । उनले संविधान जारी गर्दा धेरै कुरा विचार गर्न नपाएको भन्दै घुमाउरो रुपमा संघीयता खारेजीको पक्षमा उभिएका छन् । उनले संविधान बनाउँदै गर्दा विभिन्न खालका विषाक्त विचार व्यक्त भएको, आफूहरुको काँधमा त्यतिबेला देशलाई जोगाउने जिम्मेवारी रहेको भन्दै उनले थुप्रै कुरामा विचार गरिएको भए पनि कतिपय कुरामा विचार पुर्‍याउन नसकिएको बताएका छन् ।

ुंहामीले जिम्मेवारी बहन गर्दा धेरै कुरामा समुचित ढंगले विचार पुर्‍याउन परिस्थिति रहेन’, सोमबार सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा संघीयताका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो सफल नहुने नै चिज हो भने त हामीले चाहेर पनि सफल हुँदैन न नि त। तर हामीले यसलाई असफल बनाउन चाहने कि सफल बनाउन चाहने ?, उनले भने।

उनले संघीयतालाई सकारात्मक ढंगले सफल बनाउने कोसिस गर्दा पनि आफ्नै परिणामले सफल भएन भने राष्ट्रिय सहमतिको आधारमा निर्णय गर्नुपर्ने बताए। उनले भने, ‘संघीयतालाई इमान्दारिताका साथ अहिलेको संविधान र अहिलेको प्रणाली जुन छ, त्यसलाई कार्यान्वयन गर्ने कोसिस गरौँ। सफल बनाउने कोसिस गरौँ। सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्छ।’

 

Prabhu Bank AD

सम्बन्धित खवर