वि.सं.२०८३ भदौ ३१ बुधवार
Dish Home Long Ad
शहरी विकास र प्लानिङका विषयमा बालेनले गरे डा.बाबुरामसँग छलफल

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका छन् । मेयर बालेन्द्र शुक्रबार भट्टराई निवास पुगेर भेटवार्ता गरेका हुन्। भेटवार्तामा भट्टराईकी पत्नी हिसिला यमी, छोरी मानुषी यमी लगायत सहभागी थिए।

‘काठमाडौं महानगरपालिका मेयर बालेन शाह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श’ सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै भट्टराईले भनेका छन्, ‘सफलताको हार्दिक शुभकामना’

भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेकोजस्तै शहरी विकास र प्लानिङका विषयमा छलफल भएको मेयर बालेन्द्रका स्वकीय सचिव भूपदेव शाहले बताए।

छलफलका क्रममा ४० वर्ष पुरानो सहरी सिस्टमलाई कसरी नयाँ बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको उनले बताए।

 

सम्बन्धित खवर