वि.सं.२०८३ मंसिर १० बुधवार
Shivam
Dish Home Long Ad
TaTa
कांग्रेस–एमाले उपसभामुखविरुद्ध लागेपछि आन्तरिक छलफलमा बस्यो रास्वपा

 

काठमाडौँ । सत्तारुढ दलहरू कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि आफ्ना सांसदका हस्ताक्षर संकलन अभियान चलाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक छलफलका लागि सांसदहरूलाई बोलाएको छ ।

सत्तारुढ दलहरू कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि आफ्ना सांसदका हस्ताक्षर संकलन अभियान चलाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक छलफलका लागि सांसदहरूलाई बोलाएको हो।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएकाले रास्वपाले सबै सांसदहरूलाई नयाँ बानेश्वरस्थित दलको कार्यालयमा छलफलका लागि बोलाएको हो । १२ बजे सबै सांसदहरूलाई नयाँ बानेश्वर पुगिसक्न भनिएका रास्वपाका नेताहरूले जानकारी दिएका छन् ।

उपसभामुख राना रास्वपाकी समानुपातिक सांसद हुन् । उनलाई तत्कालीन माओवादी, एमाले, रास्वपा र राप्रपालगायतका दलको गठबन्धनले उपसभामुख बनाएको थियो ।

रास्वपाले उपसभामुख रानाविरुद्ध कांग्रेस र एमालेले पदअनुकुल आचरण नगरेको प्रस्ताव संसद्मा ल्याउने तयारी गरिरहेका बेला संसदीय दलमा छलफल गरेर रणनीति बनाउन लागेको हो । भिजिट भिसा प्रकरणमा संसद् बहिष्कार गर्दै आएको विषयबारे पनि छलफल हुने रास्वपाका नेताहरूले बताएका छन् ।

रास्वपा सांसद सोबिता गौतमले भनिन्, ुभिजिट भिसा प्रकरण आएसँगै प्रतिनिधिसभा बैठक बस्नुअघि संसदीय दलको बैठक बस्ने गरेको थियो । आज नयाँ विषय पनि आएकाले सांसदहरूलाई छलफलमा बोलाइएको छ । १२ बजे बस्ने बैठकमा यो विषयमा राम्रैसँग छलफल हुन्छ ।

Agni

सम्बन्धित खवर