वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
भण्डारीको राजनीतिमा फर्किने घोषणामा अवरोध
Prabhu Bank AD

 

काठमाडौं । नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा सक्रिय हुन अवरोध र असहयोग गर्ने संकेत देखिएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पति मदन भण्डारीको जन्म दिन पारेर असार १४ गते आफू नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गर्नु भएको हो।

भण्डारी सक्रिय राजनीतिमा आउनु भन्दा आफ्ना मर्यादा ख्याल गर्न दलका नेता तथा कार्यकर्ताले सुझाएका छन् । एमालेको ललितपुरको तुलसीलाल अमात्य भवनमा भएको नवौं केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले सोही किसिमले धारणा राखेका थिए । अहिले सदस्यता नवीकरणको विषयदेखि लिएर कुनै पनि समितिमा सक्रिय नभएको भन्ने जस्ता विषयहरु जोडदार उठेका छन् ।

भण्डारी अध्यक्षलाई भेट गर्नेदेखि लिएर सक्रिय हुन खोज्नु भएको छ । कुन समितिमा रहेर काम गर्ने भन्ने टुङ्गो लागेको छैन । विद्याको राजनीतिक सक्रियतालाई इङिकत गर्दै प्रधानमन्त्रीले बैठकमा कार्यकर्तालाई भण्डारीको प्रवक्ता बन्न नदिन निर्देशन दिएका छन् र उनले पार्टीमा अनुशासनन विहीन गतिविधि गर्नेलाई नछाडिने समेत बताइरहेका छन् ।

२०७२ साल कार्तिक ११ गते नेपालको दोस्रो र महिला पहिलो राष्ट्रपति निर्वाचित हुनुभएको वहाँ २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालकोलागि राष्ट्रपति निर्वाचित हुनुभएको थियो र २८ फागुन २०७९मा कार्यकाल सकिएको थिो ।

Prabhu Bank AD

सम्बन्धित खवर