वि.सं.२०८३ असोज ६ मंगलवार
Dish Home Long Ad
आज काठमाडौँमा चट्याङसहित वर्षा

 

काठमाडौँ । मौसमविद्ले आज आइतबार दिउँसो काठमाडौँ उपत्यकामा पनि चट्याङसहित वर्षा हुने सम्भावना देखिएको बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताएअनुसार आज उपत्यकामा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
‘त्यस्तो ठूलो वर्षाको सम्भावना त देखिएको छैन, हल्का वर्षा हुने सम्भावना छ’, उनले भने, ‘हावाहुन्डरीको चाहिँ खासै सम्भावना देखिएको छैन।

 

यसअघि काठमाडौँ उपत्यकामा बिहानै पनि हल्का वर्षा भएको थियो। तर अहिले रोकिएको छ। मौसम भने धुम्म नै छ।
समग्र देशको कुरा गर्नुपर्दा हाल बागमती प्रदेश र गण्डकी प्रदेशमाआंशिकदेखि साधारणतया बदली र देशका बाँकी स्थानमा मौसम आंशिक बदली छ। अनि कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव छ।

सम्बन्धित खवर