वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर आज
Prabhu Bank AD

असार २२ , काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जाने सहमति भएको छ। मर्जर समझदारी पत्रमा आजै हस्ताक्षर हुने बताइएको छ । हिमालयन र सिभिलबीच १००ः८१ को स्वाप रेसियोमा मर्ज गर्ने सहमति भएको हो।

मंगलबार स्वाप रेसियोमा कुरा मिलेपछि मर्जर सम्बन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर गर्ने तयारी गरिएको हिमालयन बैकका एक संचालकले जानकारी दिए। आज एक बैठक बसेर अन्य विषय समेत टुङ्गो लगाउने र त्यस पछि हस्ताक्षर कार्यक्रम हुने उनले बताए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सरकारले यही आर्थिक वर्षभित्र मर्जर प्रक्रियामा गएको खण्डमा थप नौवटा सुविधा आगामी १ वर्षसम्म प्रदान गर्ने उल्लेख गरेको थियो। जस कारणले पनि यी दुई बैक मर्जरमा सम्झौतामा लोभिएका हुन्।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले २०७९ असार मसान्तभित्र वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार संचालन गरे विद्यमान व्यवस्थाको अतिरिक्त थप सुविधा तथा छुट २०८० असार मसान्तसम्म प्रदान गरिने उल्लेख गरेको थियो।

यस्ता छन् सुविधा :
तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने।
एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०।५ प्रतिशत बिन्दुले छुट प्रदान गरिने।
एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट प्रदान गरिने।
यस बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दु थप गरिने।
संचालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना पूरा नभई राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने।
यस बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत बिन्दुले छुट दिइने।
एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको समय प्रदान गरिने।
एकीकृत कारोबार संचालनको क्रममा १ किमि भित्रका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न यस बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिने।
वाणिज्य बैकको ०।१० प्रतिशत वा सोभन्दा कम सेयर धारण गरेका संस्थापक समूहको सेयर धनीहरुले यस्तो शेयर बिक्री गर्दा ‘फिट एण्ड प्रपर टेस्ट’ अनिवार्य नहुने व्यवस्था गरिने।

Prabhu Bank AD

सम्बन्धित खवर