बाँकेमा एक जनाको हत्या भएको छ। कोहलपुर नगरपालिका- ७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या भएको हो।
घटनाको जानकारीपछि अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राजुलाई पक्राउ गरेको हो।
प्रहरीले फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
बराहक्षेत्र नगरपालिका-३ नडाहामा पकलीबाट चतरातर्फ जाँदै गरेको प्र-१-०२-०४३ प ५३०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र नगरपालिका-३ मिलन चोक बस्ने ७७ वर्षीया मन माया गिरीको मृत्यु भएको हो।

