काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मालाई पटबाट हटाउन माग गर्दै युवा संघले प्रदर्शन गरेको छ । अर्थमन्त्री शर्माले बिचौलियाको सहयोगमा बजेट निर्माण गरेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा माग गरेका हुन् ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको भन्दै संसद्मा पनि त्यसको सीसीटीभी फुटेज हेर्न माग गरिएको छ । साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धन दल कांग्रेसका महामन्त्री गगन थापा लगायतका केही नेताहरूले पनि अर्थमन्त्री शर्माको राजीनामा माग गरिरहेका छन् ।


