काठमाडौं । नेपालको लैनचौरस्थित भारतीय दुतावासभित्र गोली चलेको छ । सोमबार त्यहाँ गोलि चलेपछि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घटनामा भारतीय सुरक्षाकर्मी दीपक सिंहको मृत्यु भएको छ। उनले आत्महत्या गरेको दूतावासको भनाई छ।
गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली दूतावास पुगेको थियो। तर, दूतावासभित्र भारतीय नागरिकको मृत्यु भएको घटना भएका कारण आफैँ अनुसन्धान गर्ने भन्दै नेपाल प्रहरीलाई फर्काइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
भारतीय दूतावासमा सोमबार दिउँसो भएको गोलीकाण्डबारे भारतीय दूतावास आफैँले अनुसन्धान अघि बढाउने भएको छ।

