वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
स्वतन्त्रको भेलामा गएनन् बालेन्द्र र हर्क साम्पाङ
Prabhu Bank AD

ललितपुर । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार आयोजित ‘स्वतन्त्र उम्मेदवारी अभियान’ को प्रथम विशेष भेलामा काठमाडौं महानगरका उपमेयर बालेन्द्र साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङ गएनन् । मेयस साह त प्रमुख अतिथिको रुपमा निम्ताइएका थिए । तर उनी गएनन् ।

६ पन्ने अवधारणापत्रसहित अभियानका संयोजक डम्बर साहुले स्वतन्त्र अभियानका उम्मेदवार बन्न आवश्यक मापदण्डदेखि आगामी निर्वाचनमा अवलम्बन हुने नीति सम्म कार्यक्रममा प्रस्तुत गरे।

तर, प्रमुख अतिथि शाह भने उपस्थिति भएनन्। शाहसहित स्वतन्त्रबाटै निर्वाचित भएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाइै समेत निम्तो पठाइएको थियो। तर, उनीहरु तीनैजना भेलामा सहभागी भएनन्।

काठमाडौंका मेयर बालेन्द्रले निर्वाचित भएकै दिन काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खादा र माला नलगाउने घोषणा गरेका थिए।

सोही नीति अवलम्बन गर्दै उनले सपथ ग्रहण समारोहमा समेत आफ्ना लागि तयार भएको खादा माला श्रीमतीलाई ग्रहण गर्न लगाएका थिए।

‘राष्ट्रिय झण्डा’ ओढेर लोकप्रिय भएका शाह तत्काल कुनै सार्वजनिक कार्यक्रमका नजाने, खादा र माला ग्रहण नगर्ने पूर्वघोषणा अनुसार नै शनिबारको भेलामा नगएको स्वतन्त्र अभियन्ताहरु बताउँछन्।

तर, अहिले काठमाडौं महानगरवासीले दिएको म्यान्डेट अनुसार महानगर बनाउने काममा नै व्यस्त बालेन्द्रका स्वकीय सचिव भूपदेव शाह बताउँछन्।

‘उहाँलाई जनताले म्यान्डेट दिएको महानगर बनाउनका लागि हो। भोलि जनताले त्यो हिसाबले अपेक्षा गर्नुभयो भने पोलिटिकल्ली अगाडि बढ्नुस भन्ने हो,’ स्वकीय सचिव शाहले भने, ‘अहिले जनताले काम गर्नुस् भन्नुभएको छ। उहाँ प्रतिवद्ध भएर आफ्नो काममा लाग्नुभएको छ।’

स्वतन्त्र अभियानमा लागिरहेकालाई राम्रो गर्नका लागि मेयर शाहले शुभकामना दिएका छन्। ‘यो काम जसले गर्न खोज्नुभएको छ उहाँहरुलाई मेयर साबले राम्रो गर्नुस् भनेर शुभकामना दिनुभएको छ।’ भूपदेवले नेपालखबरसँग भने।

३ सय बढीको सहभागिता रहेपनि ठोस निर्णय केही भएन

‘स्वतन्त्र उम्मेदवारी अभियान’ले आयोजना गरेको शनिबारको भेलामा लगभग साढे ३ सय व्यक्तिको उपस्थिति थियो। कार्यक्रम भव्य रुपमा सफल भएको अभियानका संयोजक तथा कार्यक्रमका समन्वयकर्ता डम्बर साहुले नेपालखबरलाई बताए।

आजको कार्यक्रममा काठमाडौंकै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी लगायको उपस्थिति थियो। आजको भेलाले सहभागीहरुको सुझाव संकलन गरेको साहुले बताए।

शनिबारको भेलाबाट आएको सुझावलाई विश्लेषण गरेपछि ठोस निर्णयमा पुग्न उपयुक्त हुने भन्दै निर्णयमा अहिले नै ठोस निर्णय नआएको उनले बताए।

thumbnail of Independent-Dambar-Final-1-1-1

Prabhu Bank AD

सम्बन्धित खवर