वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
ट्र्याक्टरबाट खस्दा एक युवकको मृत्यु
Prabhu Bank AD

ट्र्याक्टरमा सवार एक युवक खस्दा सोही ट्र्याक्टरले किची एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई–१० धनगढीचोकमा स१त ३८४४ नम्बरको ट्र्याक्टरमा कर्जन्हा नगरपालिका–६ का २५ वर्षीय सुरेश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासमानका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्र्याक्टरमा सवार मुखिया अकस्मात् खस्दा सोही ट्र्याक्टरको बयाँ चक्कामुनि परी शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

उनको लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता पासनवानले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Prabhu Bank AD

सम्बन्धित खवर