वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगे विदेश सचिव मिस्री
Prabhu Bank AD

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आइतबार साँझ विदेश सचिव मिस्री अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।

भेटका अवसरमा दुई देशबिचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गरेका थिए ।

आज नै परराष्ट्र सचिव सेवा लम्सालले मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नेछिन् । मिस्रीले सोमबार बिहान परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर