वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
मानव जातिलाई बचाउन हाम्रा हिमाल जोगाऔं : प्रधानमन्त्री दाहाल
Prabhu Bank AD

 

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने बताएका छन् । नेपालको तर्फबाट पहिलो पटक जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप.२८) मा उच्चस्तरीय राउन्डटेबल बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री दाहालले हिमाल जोगाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन् ।

अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री दाहालको आग्रह मानव जातिलाई बचाउन हाम्रा हिमाल जोगाऔं
शनिबार दुबईमा कार्यक्रमको अध्यक्षता गर्दै प्रधानमन्त्री दाहालले हिमाली मुलुक र त्यहाँका बस्तीका पीडा बुझ्नका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् । म नेपालको प्रधानमन्त्रीको हैसियतमा सबै अन्तर्राष्ट्रिय समुदायलाई ‘हामीलाई बचाउन हाम्रा हिमाल बचाऔं, भन्ने अपिल गर्न चाहन्छु, उनले भने, हिमाली क्षेत्रका बासिन्दाको पीडा बुझ्न, सम्भावित समाधान खोज्न र समस्याबाट बाहिर ल्याउन हिमाल र जलवायु परिवर्तनसम्बन्धी संवादको थालनी गर्न म दृढतापूर्वक सुझाव दिन्छु ।

प्रधानमन्त्री दाहालले विश्वका नेताहरूले हिमाल, हिमाली पारस्थितिक प्रणाली र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आग्रह गरेका थिए ।

हिमाल, हिमाली सभ्यता, हिमाली पारिस्थितिक प्रणाली र हिमालका बासिन्दाहरूको संरक्षण र प्रबर्द्धन गर्न र हिमालमा जलवायु परिवर्तनले निम्त्याएका साझा चुनौतीहरूको सामना गर्न सहयोग र ऐक्यबद्धता हासिल गर्न खोजेको उनले बताए ।

नेपालको तर्फबाट प्रधानमन्त्री दाहालले अध्यक्षता गरेको बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समेत सम्बोधन गरेका थिए । महासचिव गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताउँदै जिम्मेवार मुलुक र निकायले छिटोभन्दा छिटो सम्बोधन गर्न लाग्नुपर्ने बताए । मैले आफैंले हिमालमा जलवायु परिवर्तनमा असर हेरेर आएको छु । अब यसमा ढिला भइसक्यो । सम्बोधन गर्न सबै लाग्नुपर्छ, उनले भने ।

प्रधानमन्त्री दाहालले ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्नुपर्ने चुनौती र प्रतिबद्धताका साथ कोप(२८ मा विश्वका नेताहरू भेला भएको बताए । उनले मानवसिर्जित ग्लोबल वार्मिङले अभूतपूर्व जलवायु अराजकता निम्त्याएको पनि बताए । आईपीसीसीको प्रतिवेदनले चक्रवात, बाढी र खडेरीको कम जोखिम भएका क्षेत्रमा मृत्युदर उच्च तहको जोखिम भएको क्षेत्रको तुलनामा पन्ध्र गुणा बढी रहेको स्पष्ट पारेको पनि प्रधानमन्त्रीले उल्लेख गरे । प्रधानमन्त्री दाहालले जलवायु न्यायको यात्रामा धेरै हासिल गर्न सकिने बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर