वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
शान्ति सैनिकमाथि इजरायलीले गरेको आक्रमणको कडा निन्दा
Prabhu Bank AD

काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलीले गरेको आक्रमणको कडा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले उक्त घटनाको छानबिनको मागसहित सुरक्षाको प्रत्याभूति दिलाउन आग्रहसमेत गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत् मन्त्रालयले भनेको छ, ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ र द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ । यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ ।’

आइतबार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना प्रवेश गरेका थिए । सोमबार इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रुपमा खट्दै आएका छन् । राष्ट्रसंघको शान्ति मिसनमा संलग्न नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका छन् ।

संयुक्त हस्ताक्षरकर्ता देशहरूले संघर्षरत पक्षलाई युद्धमा अन्तर्राष्ट्रिय कानून पालना गर्न र शान्ति सुव्यवस्था कायम राख्न आह्वान गरेका छन् । नेपालसहित अर्मेनिया, अष्ट्रिया, बांगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, इटली, कजाकिस्तान, कोरिया, लातभिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्याण्ड, पोल्याण्ड, कतार, सियरालियोन, स्पेन, श्रीलंका, टर्की, युके र तान्जानियाले यस्तो आव्हान गरेका हुन् ।

Prabhu Bank AD

सम्बन्धित खवर