वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
कतारका राजा नेपाल आइपु्गे ,राष्ट्रपति पौडेलले गरे भव्य स्वागत
Prabhu Bank AD

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै भव्य स्वागत गरिएको छ । मङ्गलवार अपराह्न त्रिवि विमानस्थल अवतरण गरेका थानी त्यहाँबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, शहिदगेट, दरबार मार्ग, बालुवाटार हुँदै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । अमिर सवार हुने क्षेत्रमा सर्वसाधारणले सडकमै बाजागाजासहित स्वागत भव्य गरेका छन् ।

थानीलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान प्रदान गरिएको छ । निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थानीलाई विमानस्थलमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए ।

त्यसपछि उनलाई नेपाली सेनाको टोलीले विशेष सम्मान ९गार्ड अफ अनर० प्रकट गरेको छ । थानी मङ्गलवार बंगलादेश हुँदै नेपाल ओर्लेका हुन् ।

मङ्गलवार नै अमिरले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गर्दै छन् भने बेलुका सोल्टी होटलमा उनका स्वागतमा रात्रीभोज दिने कार्यक्रम छ । नेपाल भ्रमणको दोस्रो दिन बुधबार अमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता सकेर स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर