वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
नेपालमा लोकतन्त्रवादीमाथि चिनियाँ थ्रेट बढेको कांग्रेस सांसदको भनाइ

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट गोरखाबाट निर्वाचित सांसद राजेन्द्र बजगाईले नेपालमा लोकतन्त्रवादीमाथि चिनियाँ थ्रेट बढेको भनाइ ट्वीट गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको नामबाट नेपालमा चीन विरोधी गतिविधि संचालन भैरहेको छ भन्दै चीनले सार्वभौम राष्ट्र नेपालमाथि ठाडो हस्तक्षेप गरिरहेको उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “चीनले नेपाली कम्युनिष्टहरूलाई एकताबद्ध हौ पनि भनिरहेको छ। यसो भन्नु भनेको नेपाली लोकतान्त्रिक आन्दोलन प्रयोगको आन्दोलन थियो भन्ने पुष्टि गर्नु हो भन्ने बुझ्न जरूरी हुन्छ र नेपालका लोकतन्त्रवादी शक्तिहरूमाथि घेराबन्दी हो भनेर पनि बुझ्न अत्यावश्यक भैसक्यो।”

उनले लेखेका छन्, “अप्रिल २०, २०२४ मा नेकपा एमालेका अध्यक्ष केपि ओलीले पार्टीको सम्मेलनको अवसरमा पाकिस्तानको बचाउ गर्दै भारतले सार्कको औचित्य समाप्त गरेको अभियोग लगाउँदै प्रतिवेदन पढे र बिमिस्टेकको उदय गराएको सन्दर्भलाई नयाँ पार्टीका एक माननीयले पनि संसदमै प्रवेश गराएर भारतलाई दोषी देखाउने कोशिस गरेका थिए। पूर्व प्रधानमन्त्री ओलीको उक्त प्रतिवेदनमा अमेरिकाले ताईवानलाई उक्साएर उक्त क्षेत्रमा अशान्ति फैलाएको आरोपको दस्तावेज पनि आजै पढे।”

उनले अगाडि लेखेका छन्, “यि तमाम घटनाक्रमलाई हेर्ने हो भने नेपाली कम्युनिष्टहरूले भारतलाई विविध कृत्रिम स्वार्थमा र पश्चिमा लोकतन्त्रलाई धर्मनिरपेक्षताको जालमा उपभोग गरेको पुष्टि हुन्छ यसैगरि नेपाली नेता स्व। कांग्रेसका गिरिजाप्रसाद कोईरालालाई पनि। तर विडम्बना फेरि एक पटक नेपाली कम्युनिष्हरूले कांग्रेसको उपयोग गर्नेछन् जुनदिन सम्म कांग्रेस जीर्ण बनाउने प्रयास रहन्छ। अहिले हेर्दा पनि कांग्रेस कि ओली कि प्रचण्ड कि माधव फकाउँ भन्दै दौड़ीरहेको छ।”

उनले लेखेका छन्, “चीन निकै बलियो छ। उसको हस्तक्षेप बढेको छ र त्यसलाई छायाँमा पार्ने रणनीतिले उसले यो धम्कीको सूत्रपात गरेको हुनुपर्दछ भन्ने संशय निर्माण पनि भैरहेको छ। लोकतन्त्र भित्र सुशासन र रक्षाबल बलियो भैदिएको भए आज हिमालपारीको यो धम्की सहेर बसिरहन पर्दैनथ्यो।

तिब्बत देखि चीनसम्मको दुई फोर्ट हानेको देशभक्त जंग बहादुर र बहादुर शाहलाई सम्झेर नेपालको सैन्यबल बलियो बनाउन पाए कसैले हेप्ने आँट गर्रदैनथ्यो भन्ने लागेको छ।

भारत र पश्चिमाले प्रतिरक्षा गर्छ कि गर्दैन हेर्ने बेला आएको छ। उदाई रहेको नयाँ दलले चीनसंगको सहकार्य गरिरहेको परिप्रेक्षमा लोकतान्त्रिक मूलुकको प्रतिक्रिया के हुन्छ हेर्न बाँकी छ।”

Agni

सम्बन्धित खवर