वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
बयानदिएलगत्तै विनोद चौधरी श्रीलंका उडे
Prabhu Bank AD

 

काठमाण्डौं । नेपाली काँग्रेसका सभासद तथा विवादास्पद उद्योगी विनोद चौधरी बयानलगत्तै श्रीलंका गएका छन् । सरकारी जमिन हिनामिना प्रकरणमा सीआईबीलाई बयान दिनसाथ आज दिउँसो उनी श्रीलंकाको राजधानी कोलम्बो उडेका हुन् ।

चौधरीले बिहान सिआइबीको रोहबरमा सरकारी वकिल कार्यालयमा बयान दिएका थिए । दिउँसो २ बजे श्रीलंकन एयरको युएल १८२ उडानमा उनी कोलम्बो प्रस्थान गरेको बताइएको छ ।

चौधरीमाथि तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ । तर, आज बयान दिएर फर्किएपछि उनले उक्त आरोप अस्वीकार गर्दै अनावश्यक राजनीतिकरण गरिएको टिप्पणी गरे ।

गृहमन्त्री रवि लामिछानेतर्फ संकेत गर्दै उनले स्टन्टु गर्नेहरुलाई आफ्नो चरित्रको सर्टिफिकेट बुझाउन आवश्यक नभए पनि प्रहरीले बोलाएकाले बयान दिन गएको बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर