काठमाडौं । नेपालको चुच्चे नक्सामा समेटिएको नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रमा पर्ने गुन्जीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज भ्रमण गरेका छन् । भारतले आफ्नो कब्जामा राखेको उक्त भूमिमा भारतीय नियन्त्रण कायम छ । गुन्जीका नेपालीबासीलाई खानेपानी, सडक, विद्यालय लगायतका आधारभूत आवश्यकतासँग जोडिएका परियोजनाहरुको उद्घाटन भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै छन् ।
नेपाली भूमि गुन्जीलाई भारतले ‘शिव नगरी’को रुपमा विकास गर्न खोजेको समाचार स्रोतले जनाएको छ । भारतको ‘सेन्टर्स भाइब्रेन्ट भिलेज प्रोग्राम’ अन्तर्गत गुन्जीलाई सुविधा सम्पन्न गाउँको रुपमा विकास गरी पर्यटक नगरीको रुपमा समेत विकास गर्ने भारतीय योजना रहेको छ ।
भारतीय प्रधानमन्त्रीद्वारा उद्घाटन गरिने परियोजनाहरूमा पीएमजीएसवाई अन्तर्गत ग्रामीण क्षेत्रमा निर्माण गरिएका ७६ ग्रामीण सडकहरू र २५ पुलहरू समावेश छन्।

