वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
रुसको लुना–२५ यान चन्द्रमामा क्षतीग्रस्त
Prabhu Bank AD

 

 

काठमाडौँ । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना –२५ अन्तरिक्ष यान दुर्घटना भएको छ । अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर गएको रुसी अन्तरिक्ष संस्था रस्मोकसले जनाएको हो ।

चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्नुअघि यान दुर्घटनामा परेको थियो । रुसको यो ५० वर्षपछिको पहिलो चन्द्रमा मिसन थियो । निर्धारित समय अनुसार रुसको यो यान सोमबार चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो । यो मिसनको उद्देश्य दक्षिणी ध्रुवमा चन्द्रामाको सतहमा पानी जमेको वा अन्य महत्त्वपूर्ण खनिजहरू हुनसक्ने अनुमानबारे अध्ययन गर्नु थियो ।

स्थानीय समय अनुसार शनिबार २ बजेर ५७ मिनेटपछि लुना –२५ को सम्पर्क टुटेको थियो । अकल्पनीय कक्षमा यान पुग्यो चन्द्रमाको सतहमा पुगेर दुर्घटनाग्रस्त भयो,ु रस्मोकसले भनेको छ ।

दक्षिणी ध्रुवमा भारतभन्दा पहिला पुग्ने रुसको यो होड असफल भएको छ । भारतले आफ्नो चन्द्रयान–३ यसै साता चन्द्रामाको सतहमा अवतरण गराउँदै छ ।

हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि मुलुकले आफ्नो अन्तरिक्षयानलाई सफलतापूर्वक अवतरण गराएका छैनन् ।

गत अगस्ट १० मा प्रक्षेपण गरिएको लुना २५ चन्द्रमाको कक्षमा ६ दिनपछि पुगेको थियो । लुना–२५ को ल्यान्डरले विभिन्न ८ किसिमका वैज्ञानिक उपकरणहरु पनि साथै लगेको थियो ।

तत्कालीन सोभियत युनियनले लुना–२४ मिसन सन् १९७६ मा प्रक्षेपण गरेको थियो । उक्त मिसन सोभियत युनियनको चन्द्रामाबाट माटो ल्याउने तेस्रो मिसन थियो । लुना–१६ र लुना–२० ले चन्द्रामाबाट माटो ल्याएका थिए । लुना २४ ले चन्द्रमाबाट १७० ग्राम स्याम्पल कलेक्सन गरेर ल्याएको थियो ।

 

Prabhu Bank AD

सम्बन्धित खवर