वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
दक्षिण कोरियाको उत्पादक मूल्य उकालीयो
Prabhu Bank AD

दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।

उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) एक महिना अघिको मार्चमा ०।१ प्रतिशतले बढेको थियो भने फेब्रुअरीमा ०।२ प्रतिशत र जनवरीमा ०।४ प्रतिशतले बढेको बैंक अफ कोरिया ९बीओके० ले जनाएको छ ।

कोभिड–१९ महामारी विरूद्ध बिभिन्न किसमका नियन्त्रणात्मक उपायहरू अपनाइएका कारणले गर्दा भोजनालय र आवास सेवाका क्षेत्रका उच्च मूल्यमा आपूर्तिकर्ताहरू बीचको सेवा मूल्य गत महिना ०।१ प्रतिशतले बढेको बैङ्कले जनाएको छ । यसैगरी महङ्गा खालका रासायनिक उत्पादनहरूमा औद्योगिक उत्पादनहरूको मूल्य ०।२ प्रतिशतले बढेको पनि बताइएको छ ।

यद्यपि कृषि, पशुपालन र माछापालन उत्पादनहरूको मूल्य ०।९ प्रतिशतले घटेको छ । बिजुली, प्राकृतिक ग्यास र धाराको पानीको उत्पादक मूल्य एक महिना अघिको तुलनामा मार्चमा ०।४ प्रतिशतले घटेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर