वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
टर्कीका भूकम्पपीडितलाई नेपाल सरकारले स्वास्थ्य सामग्री र न्यानो कपडा राहत पठाउँदै
Prabhu Bank AD

 

काठमाडौं। नेपाल सरकारले टर्कीका भूकम्पपीडितलाई सोमबार स्वास्थ्य सामग्री र न्यानो कपडा पठाएको छ। टर्कीमा चिसो बढेसँगै त्यहाँको तापक्रम माइनस १० डिग्रीमा झरेको छ।

टर्की सरकारको मागअनुसार ती सामग्री पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए।

टर्किस एयरलाइन्सबाट सोमबार बिहान ती सामग्री टर्की पठाइएको हो । शुक्रबार नै पठाउने भनिए पनि टर्कीले क्लियरेन्स दिन समय लगाएपछि ढिला भएको थियो ।

नेपालले टर्कीलाई औषधिहरू, स्वास्थ्य उपकरणहरू र न्यानो कपडा पठाएको छ। लगातार वर्षा र हिउँ परिरहेको कारण भूकम्पपीडितको अवस्था दयनीय बन्दै गएको छ।
भूकम्पपीडितको उपचारमा आवश्यक औषधि, स्वास्थ्य उपकरण र न्यानो कपडाहरूमा ब्ल्यांकेट, ज्याकेट र ट्रयाकसुट पठाइएको हो। टर्की सरकारले ती सामग्री तत्काल आवश्यक रहेको भन्दै परराष्ट्र मन्त्रालयमार्फत लेखिपठाएको थियो।

टर्कीका लागि ती सामग्री नेपाल सरकारको गोदाममा भएका र नेपाल रेडक्रसलगायत निजी क्षेत्रबाट संकलन गरेर पठाइएको हो।

Prabhu Bank AD

सम्बन्धित खवर