वि.सं.२०८३ असोज ४ आइतवार
Dish Home Long Ad
भारतीय राजदूत विदाइ भेटघाटमा व्यस्त, बुधबार परराष्ट्र मन्त्रि र सचिवसँग भेट गर्दै

काठमाडौं । नेपालका लागि भारतका राजदूत सेप्टेम्बर ३० बाट अनिवार्य अवकाशमा जाँदैछन् । उनी अहिले विदाइ भेटघाटमा व्यस्त बनेका छन् । उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिसँग पनि विदाइ भेटघाटका लागि समय माग गरेका छन् । यसै क्रममा उनले बुधबार दिउसो १ बजे परराष्ट्र मन्त्रि शिशिर खनालसँग विदाइ भेटघाट गर्दैछन् । बुधबार नै साढे १२ बजे परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्दैछन् । उनले आइतबार अर्थमन्त्रीसँग लामो घेटघाट गरेका थिए ।

स्रोतका अनुसार भारतीय राजदूत नवीन श्रीवास्तव र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आइतबार राति काठमाडौंस्थित होटल याक एन्ड यतिमा भेटवार्ता भएको हो । उनीहरूबीच करिब साढे दुई घण्टा कुराकानी भएको स्रोतको दावी छ । वार्ताको विषय भने खुलेको छैन। तर बिहिबार अर्थमन्त्री भारत भ्रमणमा जाँदैछन् । अर्थ मन्त्रालय स्रोतका अनुसार, अर्थमन्त्री वाग्ले यही सेप्टेम्बर १७ र १८ (असोज २ र ३) तारिक दुई दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा उनले भारतका अर्थमन्त्री निर्मला सीतारमण, विदेशमन्त्री डा.एस जयशंकर र भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग भेटवार्ता गर्नेछन् ।

सम्बन्धित खवर