वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
भारतीय सेना प्रमुख सेठले प्रधानमन्त्री शाहसँग आज दिउँसो ३ बजे भेट्दै

काठमाडौ । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धिरज सेठले आज प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग दिउँसो ३ बजे भेट गर्दै छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा हुनेछ।
भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाडौँ आएका हुन्।

सोमबार उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता गरेका थिए। त्यही दिन उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

प्रधानमन्त्री शाहलाई भेटेर उनी बुधबार स्वदेश फर्किने छन्।

सम्बन्धित खवर