वि.सं.२०८३ साउन २५ सोमवार
Dish Home Long Ad
‘तिब्बत अध्ययन’सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारका लागि विश्वभरका पाँचसय बढी विद्वानहरु नेपाल आउँदै
Prabhu Bank AD

काठमाडौं । तिब्बती अध्ययन अन्तर्राष्ट्रिय संघ (आइएटिएस)को आयोजना र हिमालय एसियाली अध्ययन केन्द्र, काठमाडौं विश्वविद्यालयर रङजंग येशे संस्थाको संयोजनमा तिब्बत अध्ययन अन्तर्राष्ट्रिय संघको १७ औं सेमिनार नेपालमा हुँदैछ ।

सेमिनारमा विश्वभरबाट पाँचसय बढी विद्वानहरु सहभागि हुँदैछन् । सेमिनारका संयोजक प्रा. डा. सागर राज शर्माका अनुसार यो विशुद्ध गैरराजनीतिक प्राज्ञिक सेमिनार हो । विगतमा आइएटिएसले जुन फ्रेम र प्याटर्नमा कार्यक्रम गर्ने गरेको थियो, नेपालमा पनि त्यसरी नै गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

अगस्ट २३ देखि २९ सम्म हुने सेमिनारको उद्घाटन काभ्रेको धुलिखेलस्थित काठमाडौं युनिभर्सिटीमा हुनेछ भने त्यसपछिका कार्यक्रमहरु काठमाडौंको ताहाचलस्थित होटल सोल्टीमा हुनेछन् ।

यो सेमिनार विगत तीन वर्षदेखिको तयारीमा हुन लागेको हो । आइएटिएसले नै १७ औं सेमिनारको होस्ट गर्न केयुसँग तीनवर्षअघि नै प्रस्ताव गरेको थियो ।

प्रोफेसर शर्माले भन्नुभयो,“विश्वका ३९ वटा देशबाट सहभागिता हुँदैछ । ५ सयभन्दा बढीले रजिस्टर गरिसकेका छन् । सबैभन्दा बढी चीनका विभिन्न विश्वविद्यालयका विद्वानहरुले भाग लिदै छन् । अमेरिका, युरोपका विभिन्न देशहरु, इन्डिया, अस्ट्ेलिया, जापान, कोरिया, भुटानसम्मका विद्वानहरुले सेमिनारमा भाग लिनेछन् । यो विशुद्ध प्राज्ञिक सेमिनार हो ।”

पिएचडी स्कलरहरुले पठाएको रिसर्च पेपरको सारांशको आधारमा आइएटिएसको सल्लाहकार बोर्ड कमिटिले सेमिनारमा प्रस्तुत गरिने पेपरहरुको छनौट गरेको छ । कतिले रद्द पनि गर्न सक्ने भएकोले सेमिनारको अन्तिम तालिका तयार हुने क्रममा रहेको छ ।

प्रोफेसर शर्माका अनुसार सेमिनारमा तिब्बतको धर्म, संस्कृति, परम्परा, प्राकृतिक स्रोतसाधन, जलवायु परिवर्तन, भूगोल, हावापानी लगायतका विषयमा प्राज्ञिक छलफल हुनेछ । पूर्वीय ज्ञान परम्परा हिमालयन क्षेत्रबाट उद्भव भएको र यसै विषयमा केन्द्रित भएर विश्वस्तरको सेमिनार नेपालमा हुनु भनेको अन्तर्राष्ट्यि जगतमा नेपालको पहिचान, यहाँको पर्यटन र संस्कृतिको विश्वव्यापी महत्व बढ्नु हो । विश्वरंगमञ्चमा नेपाललाई चिनाउने एउटा अवसरको रुपमा लिनुपर्ने प्रोफेसर शर्माको भनाइ छ ।
कार्यक्रममा आएका विदेशी पाहुनाहरुको बस्ने प्रबन्ध वन ग्लोब टभल्स एण्ड टुरिज्मले मिलाएको छ । सहभागीहरुले ३२० देखि ४७० डलरसम्म तिरेर सेमिनारमा सहभागिताका लागि सुनिश्चित गरेका छन् ।

तिब्बतशास्त्र, हिमाली क्षेत्रको इतिहास, भाषा, धर्म, संस्कृति, दर्शन र कलाको अध्ययन–अनुसन्धानमा कार्यरत विश्वभरका विद्वान्, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको सबैभन्दा ठूलो र स्वतन्त्र अन्तर्राष्ट्रिय सञ्जाल हो अन्तर्राष्ट्रिय तिब्बत अध्ययन संघ । सन् १९७९ (अक्सफोर्ड विश्वविद्यालयमा आयोजित पहिलो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्थापना गरिएको यो संस्थाको मुख्य उद्देश्यः तिब्बती तथा हिमाली अध्ययनको क्षेत्रमा निष्पक्ष प्राज्ञिक अनुसन्धानलाई प्रोत्साहन गर्ने, अनुसन्धानकर्ताहरूबीच सहकार्य गराउने र हरेक ३–४ वर्षमा विश्वस्तरीय सम्मेलनको आायोजना गर्ने रहेको सो संस्थाको वेवसाइटमा उल्लेख छ ।

Prabhu Bank AD

सम्बन्धित खवर