काठमाडौं । एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिको एमालेभित्रै विवादित बनेको छ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले उक्त अभिव्यक्ति पार्टी लाइन विपरीत भन्दै आज (शुक्रबार) समीक्षात्मक बैठक आव्हान गरिएको जानकारी दिएका छन् । एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी बादलले नेपाली सेना, कर्मचारी देखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए । बुधबार मात्र बादल एमाले संसदीय दलको नेता चयन भएका थिए ।
प्रतिनिधि सभाको बिहीबार बसेको पहिलो बैठकमा थापाले ६ मिनेट १७ सेकेण्ड बोलेका थिए । हरेकजसो हरफमा एमालेका तर्फबाट भन्दै बालेका थापाले निर्वाचन परिणामप्रति गम्भीर शंका व्यक्त गरेका थिए ।
थापाको संसद सम्बोधनप्रति उपमहासचिव योगेश भट्टराईले पनि आपत्ति जनाएका थिए । थापाको संसद् सम्बोधनको खण्डन गर्दै भट्टराईले नेपाली सेना, न्यायालय, कर्मचारीतन्त्र सहित राज्यका संयन्त्रहरुप्रति एमालेको सम्मान र विश्वास रहिरहने बताएका थिए ।
संसद्को सम्बोधनमा कार्यबाहक अध्यक्ष थापाले रास्वपाको जादुमय जितमा सेना, कर्मचारी, सुशीला कार्की नेतृत्वको सरकार, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग, बारबरा फाउण्डेसन लगायतको भूमिका रहेको निष्कर्ष सुनाएका थिए ।
अदृष्य विदेशी शक्तिहरुले पनि रास्वपालाई जादुमय जित दिलाउने भूमिका खेलेको बादलको निष्कर्ष थियो । ‘कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टीओबीहरु सेप्टेम्बर ८ र ९ मा तिलस्मी रुपमा प्रकट भए रु कुन उद्देश्य प्राप्तिका लागि गैरकानूनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरुलाई गिरफतार गरियो रु’ थापाले प्रश्न गरेका थिए ।
‘‘यस्तो थियो बादलले संसद्मा गरेको सम्बोधन
सम्माननीय सभामुख महोदय,
सर्वप्रथम म राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका आफ्नो अमूल्य जीवनको आहूति दिने भाद्र २३ र २४ लगायत सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
सम्माननीय सभामुख महोदय,
नेपालमा भाद्र २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भयो । फागुन २१ गते आम निर्वाचन मार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । चैत १३ गते भव्य धार्मिक अनुष्ठान मार्फत श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ गराइयो ।
यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेका तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
यो अभूतपूर्व विजयमा आन्तरिक रुपमा क९कसको निर्णायक भूमिका रह्यो, तथ्यहरुले के स्पष्ट गर्दछ भने मुख्य त नेपाली सेना, ब्यूरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउण्डेसन एनजीओ आदि संस्था एवं पात्रहरुको यो विजयमा निर्णायक भूमिका रह्यो ।
त्यसैले ती संस्था तथा पात्रहरुलाई पनि म नेकपा एमालेका तर्फबाट धेरै धरै बधाइ भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
यो जादुमय विजयका लागि बाह्य दृष्टिले कसकसले निर्णायक भूमिका निर्वाह गरे रु असंख्य तथ्यहरुले के स्पष्ट गर्दछ भने अदृष्य शक्तिहरु, टीओबी, एआई, एल्गोरिदम, गोयबल्सहरु, जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुंखार खलनायक र हत्याराको रुपमा स्थापित गरे ।
जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई महानायक बनाए । ती संस्था र पात्रहरुले नै बाह्य रुपमा यो जादुमय निर्णायक भूमिका खेले । त्यसैले यस ऐतिहासिक क्षणमा म ती सबै पात्रहरुलाई पनि नेकपा एमालेका तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
यो चमत्कारिक विजयले केही असाधरण प्रश्नहरु जन्माएको छ । कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शितल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनैतिक नेतृत्व र निजी निवासहरु, प्रहरी चौकी, व्यवसायिक प्रतिष्ठानहरु सुनियोजित ढंगबाट जलाइयो । कुन उद्देश्य प्राप्तिका लागि कसले ती अवोध विद्यार्थीहरुलाई निषेधित क्षेत्र तोड्न उक्साइयो रु
कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टीओबीहरु २३, २४ गते तिलस्मी रुपमा प्रकट भए रु कुन उद्देश्य प्राप्तिका लागि गैरकानूनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरुलाई गिरफतार गरियो रु कुन उद्देश्य प्राप्ति गर्न राजनीतिक नेतृत्वहरुलाई गिरफतार गर्ने प्रपञ्ज रिचिँदैछ रु
कुन उद्देश्य प्राप्तिका निम्ति देशब्यापी रुपमा दमन चक्र र राज्य आतंक मच्याइँदैछ रु कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरुको संगठित हुन पाउने मौलिक अधिकारहरुलाई बलात् खोसिँदैछ रु कुन उद्देश्यका लागि मिडिया ट्रायल, साइबर आतंकको सिर्जना गरिँदैछ रु
सम्मानीय सभामुख महोदय,
निश्चय पनि यी प्रश्नहरुको भविष्यले सही जवाफ दिदै जानेछ । तर यी प्रश्नहरु र यस्तै यस्तै प्रश्नहरु हामी सम्पूर्ण तागत सहित राज्यलाई सोध्नेछौं । निरन्तर यो गरिमामय सदनमा आवाज घन्काउनेछौ ।
सम्मानीय सभामुख महोदय,
यो ऐतिहासिक क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश बोकेर आउनु भएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र माननीयज्यूहरुलाई धेरै धेरै बधाई र शुभकामना भन्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
अन्त्यमा, यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ । यसले आफ्ना कमकमजोरीहरुलाई सच्याउने अवसर दिएको छ । यो पराजय फगत अस्थायी हो । पराजित सेनाले छिट्टै सिक्दछ । त्यसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ ।
धन्यवाद ।

