वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
आक्रमण नरोकिए खाडीबाट एक लिटर तेल पनि बाहिर जान दिँदैनौँ ः इरान
Prabhu Bank AD

तेहरान । मध्यपूर्वको तनाव उत्कर्षमा पुगेका बेला इरानको शक्तिशाली सैन्य दस्ता रेभोलुसनरी गार्ड्सले विश्वलाई नै झस्काउने गरी चेतावनी दिएको छ। अमेरिका र इजरायलले इरानमाथि गरिरहेको हवाई तथा मिसाइल आक्रमण नरोके मध्यपूर्वबाट एक लिटर तेल पनि निर्यात हुन नदिने इरानले घोषणा गरेको हो।

इरानको यो चेतावनी विशेष गरी स्ट्रेट अफ होर्मुज जलमार्ग लक्षित छ, जहाँबाट विश्वको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा ओसारपसार हुने गर्दछ। इरानको यस धम्की लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन् कडा प्रतिवाद गरेका छन्।

ट्रम्पले यदि इरानले तेलको प्रवाह रोक्ने प्रयास गरेमा अमेरिकाले अहिलेसम्म गरेको आक्रमणभन्दा २० गुणा बढी शक्तिशाली प्रहार गर्ने चेतावनी दिएका छन्। उनले इरान र उसलाई सहयोग गर्ने जोकोहीलाई पनि फेरि कहिल्यै तङ्ग्रिन नसक्ने गरी सिध्याइदिने धम्की दिएका हुन्। ट्रम्पले इरानको सैन्य क्षमतामा गम्भीर क्षति पुर्‍याइसकेको दाबी गर्दै आफूले सोचेको चार हप्ताको समय सीमाभन्दा अगावै यो युद्ध अन्त्य हुने भविष्यवाणी समेत गरेका छन्।

इरानले आफ्नो नयाँ सर्वोच्च नेताका रूपमा मोज्तबा खामेनीलाई नियुक्त गरेर अमेरिका र इजरायलसामु नझुक्ने संकेत दिएको छ। इरानी अधिकारीहरूले ट्रम्पको भनाइलाई ुबकवासु भन्दै युद्धको अन्त्य कसरी हुन्छ भन्ने कुरा आफूहरूले तय गर्ने बताएका छन्।

फेब्रुअरीको अन्त्यदेखि सुरु भएको यो भीषण आक्रमणमा हालसम्म कम्तीमा १ हजार ३ सय ३२ जना इरानी नागरिकले ज्यान गुमाइसकेका छन् भने हजारौँ घाइते भएका छन्।

इजरायलले इरानको वर्तमान शासन व्यवस्था नै ढाल्ने लक्ष्य राखेको छ भने अमेरिकाले इरानको आणविक कार्यक्रम र मिसाइल क्षमता ध्वस्त पार्ने रणनीति लिएको छ। तर ट्रम्पले भने आफ्नो अनुकूलको सरकार इरानमा नबनेसम्म युद्ध नरोकिने संकेत दिएका छन्।

Prabhu Bank AD

सम्बन्धित खवर