वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
युरोपेली सेनालाई इरानले गर्‍यो आतंकवादी समूह घोषणा
Prabhu Bank AD

 

ईयूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)लाई आतंकवादी संगठन तोकेपछि प्रतिशोधमा यो कदम चालिएको हो । यो निर्णय ‘आईआरजीसीलाई आतंकवादी घोषणा गरिएविरुद्धको प्रतिकार कानुनको धारा–७’ अन्तर्गत गरिएको इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले आइतबार बताए । ईयूले अमेरिकाको ‘अन्धो आज्ञापालन’ गरेर आफ्नै जनताको हितविपरीत कदम चालेको आरोप उनले लगाए ।

यसअघि बिहीबार ईयूकी विदेश नीति प्रमुख काजा कालासले आईआरजीसी माथिको प्रतिबन्ध घोषणा गर्दै आफ्नै जनतालाई मार्ने शासन मौन रहन सक्दैन भनेकी थिइन् । अमेरिकामा रहेको मानवअधिकार संस्था एचआरएएनएका अनुसार डिसेम्बर २८ देखि सुरु भएको देशव्यापी प्रदर्शनमा इरानमा ६ हजार ७१३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आईआरजीसी १९७९ को इस्लामिक क्रान्तिपछि गठन भएको इरानको शक्तिशाली सैन्य निकाय हो । यसले सीधै सर्वाेच्च नेता आयातोल्लाह अली खामेनीलाई रिपोर्ट गर्छ । यसले क्षेत्रीय प्रभावमा प्रमुख भूमिका खेल्छ।

इरानी अधिकारीहरूले भने ३ हजार ११७ जनाको मृत्यु भएको र त्यसमा २ हजार ४२७ निर्दोष प्रदर्शनकारी वा सुरक्षा अधिकारी रहेको बताएका छन् । प्रदर्शन उत्कर्षमा पुग्दा जनवरी ८ को रातभर देशभर इन्टरनेट र मोबाइल सेवा काटिएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर