वि.सं.२०८३ जेठ १० आइतवार
Dish Home Long Ad
मेलबर्न रेनेगड्सविरुद्ध टस जितेर नेपाल पहिले ब्याटिङमा
Prabhu Bank AD

 

काठमाडौ । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले मेलबर्न रेनेगड्स एकाडेमीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
डार्बिनमा आज बिहान टस जितेर नेपाली टोलीले पहिले ब्याटिङ रोजेको हो।

यसैबीच नेपाली टोलीका कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने र आशिफ शेखलाई बेन्चमा राखिएको छ। करण केसी पनि यस अघिदेखि नै टोली बाहिर छन्।नेपाली टोली दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिएको हो।आजको प्लेइङ ११ मा दीपेन्द्रसिंह ऐरी लोकेश बम (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, गुल्शन झा, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दन यादव र साहब आलम छन्। आफ्नो चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्सलाई हराएर पहिलो जितको स्वाद चाखेको नेपाल आज पाँचौँ खेलमा मेलबर्न रेनेगड्ससँग प्रतिस्पर्धा गर्दै छ।

मंगलबार भएको चौथो खेलमा भने नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। नेपाल पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा टोली बंगलादेश एसँग ३२ रनले र मेलबर्न स्टार्स एकाडेमीसँग ३१ रनले हारेको थियो। चार खेलबाट २ अंक बनाएको नेपाल अंक तालिकामा पुछारबाट तेस्रो स्थानमा छ।जारी सिरिजमा नेपालले अन्तिम खेल अगस्ट २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ।

सिरिजमा ११ टोली सहभागी छन्। सिरिजमा सहभागी अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ुएु, बंगलादेश ुएु र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन्।अन्यमा अस्ट्रेलियाका बिगबास लिग ९बीबीएल० को होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका एकेडेमीलगायत छन्। नेपालले यो खेल आगामी अक्टोबरमा हुने आईसीसी टी(२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरूप खेलिरहेको हो।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय