काठमाडौँ । ठमेलको एक होटलबाट दुई किलो सुन र २४ लाख नेपाली रुपैयाँसहित दुई चिनियाँ पक्राउ परेका छन् ।
ज्याँठामा रहेको होटल जिउ डिङ युआन बिन ग्वानबाट सोमबार राति तान चुनलिन र महिला जौ सुवेईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको बताए । कार्यालयले अनुसन्धान सकेर उनीहरुलाई राजस्व अनुसन्धान विभागमा बुझाउनेछ ।
पक्राउ परेका दुईजना प्रेमीप्रेमिका रहेको र एक महिनादेखि नेपालमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

