वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
आज नागढुंगाबाट सुनसहित भारतीय नागरिक पक्राउ
Prabhu Bank AD

 

काठमाडौ । ४५ लाख बढी मूल्यको सुनसहित काठमाडौँको नागढुंगा चेक प्वाइन्टबाट भारतीय नागरिक पक्राउ परेका छन्।

झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई जाँचका क्रममा पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बसमा जाँच गरेको थियो। पक्राउ परेका भारतीय नागरिक ३१ वर्षका महादेव सामन्तको साथमा २७४।८३ ग्राम सुन बरामद भएको छ। थप अनुसन्धान एवम् कारबाहीका लागि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय