वि.सं.२०८३ मंसिर ९ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
रिपोर्ट द्वारा जुजु एयरको विमान दुर्घटनाअघि चरासँग ठोक्किएको थियो

दक्षिण कोरियामा डिसेम्बर महिनाको अन्त्यतिर भयानक विमान दुर्घटना भएको थियो । दुर्घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूले आफ्नो पहिलो प्रतिवेदनमा विमानको इन्जिनमा चरा ठोक्किएको बताएका छन् । यद्यपि दुर्घटनाको खास कारण भने खुलाइएको छैन ।

सोमबार जारी गरिएको प्रतिवेदनमा विमानको दुवै इन्जिनमा चराको प्वाँख र रगतको दाग भेटिएको खुलासा भएको छ । इन्जिनमा भेटिएका प्वाँख र धुलोका दागका नमूनाहरू अनुसन्धान गर्ने संस्थाहरूलाई पठाइएको छ ।

दुर्घटना हुनुभन्दा चार मिनेट अघि विमानको ब्ल्याक बक्सले रेकर्ड गर्न बन्द गरेको पनि प्रतिवेदनमा भनिएको छ । हवाई ट्राफिक नियन्त्रकहरूले दुर्घटना हुनुभन्दा केही मिनेट अघि विमानलाई चरा ठोक्किने जोखिमको बारेमा चेतावनी दिएको यस अघि पनि बताइएको थियो ।

 

Agni

सम्बन्धित खवर