काठमाडौं । अदालतबाट दोषी ठहर र मुद्दा चलिरहेको व्यक्तिबाट सरकारको नेतृत्व गरिरहेको पार्टीले जग्गा दान लिँदा भ्रष्टाचारको पक्षपोषण हुने ट्रान्सपरेन्सी इन्टरनेसनलले ठहर गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा अदालतबाट दोषी ठहर भएका र मुद्दा चलिरहेका व्यक्तिबाट जग्गा दान लिनेजस्ता कार्यबाट अलग रहन पनि राजनीतिक दलहरूलाई अपिल गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष मदनकृष्ण शर्माले जारी गरेको विज्ञप्तिमा एमालेले केन्द्रीय कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा लिएको र सोही जग्गामा दाताबाटै भवन निर्माण गरेर सोसमेत दान लिने कुराप्रति ध्यानाकर्षण भएको उल्लेख छ । ुहाल सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को पार्टी कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा दान गरिएको र सो जग्गामा दाताकै तर्फबाट भवन निर्माण समेत दानको रूपमा गरिदिने भन्ने समाचारतर्फ ट्रान्सपरेन्सी इन्टरनेसनल ९टीआई० नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,ु विज्ञप्तिमा भनिएको छ, ुदान प्रदान गर्ने व्यक्ति नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको र निजमाथि सोही प्रकृतिका थप विभिन्न मुद्दा न्यायिक प्रक्रियामा नै रहेको सर्वविदितै छ ।ु
एमालेले केन्द्रीय कार्यालय रहने जग्गा र त्यहाँ बन्ने भवन अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यवसायी मीनबहादुर गुरुङबाट लिएको हो । त्यसरी दान लिँदा मुद्दामा प्रभाव पर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलको भनाइ छ । ुकानुनको पालना गरीरगराई सरकारी सम्पत्ति र हितको संवर्धन गर्न जनताबाट निर्वाचित भई सरकारको नेतृत्व गरिरहेको पार्टीले यस प्रकारको दान दातव्य लिँदा वादीरप्रतिवादीमा हुनुपर्ने व्यवहारमा गम्भीर असर पर्न गई सरकार वादी रहेको मुद्दामा प्रतिकूल प्रभाव पर्न जाने देखिन्छ,ु विज्ञप्तिमा उल्लेख छ ।
यसरी दान लिँदा स्वार्थको द्वन्द्व हुन गई सुशासनमा गम्भीर असर पर्ने भ्रष्टाचारको पक्षपोषण हुने पनि ट्रान्सपरेन्सी इन्टरनेसनलको भनाइ छ ।
ुसरकारको नेतृत्व गर्ने व्यक्ति वा दलले सरकारवादी रहेको मुद्दाका प्रतिवादी व्यक्ति वा पक्षबाट सरकारको लागि होस् वा पार्टीको नाममा होस् कुनै पनि प्रकारको दान, दातव्य र सहयोग स्वीकार गर्ने प्रवृत्तिले सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्न जाने देखिन्छ,ु ट्रान्सपरेन्सी इन्टरनेसनलले लेखेको छ ।

