न्यूज एजेन्सी । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको तेस्रो टी–२० आई अन्तर्गत आज भएको खेलमा नेपालले ८ विकेटको जित निकालेको छ । टस जितेर सुरुवाती ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको छ । १५७ रनको विजय लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि आशिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै अनिल साहले १३ रन जोडे । उता कुशल भुर्तेल ४० रनमा नटआउट रहँदा कुशल मल्ल ४४ रनमा नटआउट रहे ।
यसअघि अमेरिकाले साइतेजा मुकममलको अर्धशतकीय पारीको मद्दतले १५६ रन बनाएको थियो । अमेरिकाका लागि मुकममलले ६८ रन बनाए भने मिलिन्द कुमारले अविजित ४३ रनको योगदान दिए ।
त्यस्तै एरोन जोन्सले १३ रन बनाएको खेलमा हरमित सिंह १० रनमा अविजित रहे । सायन जहाङ्गिर ९ रन जोड्दै आउट हुँदा मोनाक पटेल र एन्ड्रिस गोज समान २र२ रनमा पेभेलियन फर्किए ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिएका हुनु । त्यस्तै रिजन ढकाल र ललित राजवंशीले एक–एक विकेट लिएसँगै अमेरिका १५६ रनमा रोकिएको हो ।
तीन खेलको सिरिजमा नेपालले क्लिन स्वीप गरेको हो ।

