वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने
Prabhu Bank AD

 

काठमाडौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ अस्पताल ले स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ।
अस्पतालले सूचनामार्फत आउने माघ १ देखि स्वास्थ्य बिमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो।

त्रिवि शिक्षण अस्पतालले लामो समयदेखि बिमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको जनाएको छ। हालसम्म अस्पतालले बीमा दाबीबापत झण्डै ४० करोड रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेको छ। मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च भइरहे पनि बिमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको अस्पतालले सूचनामा उल्लेख गरेको छ।

उपचार दररेटमा बिमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको, पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएकाले बाहिरिने निर्णय गरिएको सूचनामा उल्लेख छ।

दुई वर्षदेखि आन्तरिक स्रोतबाट दैनिक खर्च धानिरहेको उल्लेख गर्दै अस्पतालले अब थप घाटा बेहोर्न नसक्ने जनाएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर