वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
आज सिभिल होम्सको एक घरमा आगलागी
Prabhu Bank AD

काठमाडौँ । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको एउटा घरमा आगलागी भएको छ । आइतबार बिहान सुमनध्वज जोशीको घर नम्बर ४६ मा पूजाकोठाबाट आगो सल्किएको ललितपुर नगर प्रहरीले जनाएको छ ।

ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार पूजाकोठामा बालेको दियो बत्ती पल्टेर घरमा आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको सामानहरू जलेर नष्ट भएको पनि प्रहरी प्रमुख हाछेथुले बताए । ललितपुर महानगरपालिकाको दुई वटा दमकल र पानी ट्यांकरको सहायतामा आगो भने निभाइसकिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर