वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
साकेला उँधौलीको रौनक
Prabhu Bank AD

काठमाडौँ । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठुलो चाड ‘साकेला उँधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ ।

पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा आज ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खा, धामीहरूले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको सुरुआत गरिएको छ ।

वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात समुदायमा रहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर