वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
अधिकार नभएका तालिम केन्द्रले प्रदान गर्ने चिकित्सा शिक्षाका प्रमाणपत्रको समकक्षता खारेज
Prabhu Bank AD

त्रिभुवन विश्वविद्यालयले फिलिपिन्स लगायत देशका शैक्षिक उपाधि प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरूबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रको समकक्षता खारेज गरेको छ । त्रिवि पाठ्यक्रम विकास केन्द्रको मान्यता तथा समकक्षता निर्धारण समितिको निर्णयले प्रमाणपत्रको समकक्षता खारेज गर्ने निर्णय गरेको हो । ९ मंसिरमा बसेको बैठकले त्यस्ता समकक्षता खारेज गर्दै नयाँलाई समेत मान्यता नदिने निर्णय गरेको हो ।

केन्द्रमा अझै पनि समकक्षताका लागि कतिपय निकायमा पेश भएको भन्ने जानकारी आएकाले कोही कसैले ती संस्थाबाट प्राप्त प्रमाणपत्रहरूको समकक्षता यस केन्द्रबाट लिई वा नलिई पेस गरेमा त्यस्ता समकक्षता पत्रको कानूनी मान्यता समेत नहुने जनाएको छ ।

कुनै शैक्षिक तह उत्तीर्ण नगरी सो तहभन्दा माथिल्लो तहमा भर्ना भई उत्तीर्ण गरी समकक्षता माग गरेको खण्डमा समकक्षता प्रदान गर्न नसकिने केन्द्रले जनाएको छ । अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरूबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रलाई समकक्षता दिन नकिने केन्द्रले जनाएको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर