वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बन्दका कारण पढाइमा असर परेकामा चिन्ता
Prabhu Bank AD

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप०ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको नेपाल बन्दका कारण लाखौँ बालबालिकाले शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासले काठमाडौँलगायत विभिन्न स्थानका विद्यालय बन्द भएका छन् ।

उक्त अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तिमा बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने स्थापित मान्यतालाई बेवास्ता गरेर बन्द आह्वान गरिएकामा आपत्ति जनाइएको छ । यस्ता बन्दका कार्यक्रम फिर्ता लिन र शान्तिपूर्ण क्रियाकलापबाट आफ्ना राजनीतिक मुद्दा उठाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय