वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
वाणिज्य बैंकहरुले फेरि घटाए मुद्दति निक्षेपको ब्याजदर
Prabhu Bank AD

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।

असोज महिनामा ६.३९८ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, कात्तिक महिनामा घटेर ६.१८७ प्रतिशतविन्दुमा झरेको छ। असोज महिनाको तुलनामा कात्तिकमा बैंकहरुको औषत ब्याजदर ०.२१० प्रतिशतविन्दु घटेको हो।

२० मध्ये १० वाणिज्य बैंकहरुले यस्तो खाताको ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो। त्यस्तै, यस्तो खातामा ९ वाणिज्य बैंकहरुले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने एक वाणिज्य बैंकहरुले ब्याजदर बढाएको छ।

व्यक्तिगत मुद्दति निक्षेपमा असोज महिनाको तुलनामा सर्वाधिक ब्याजदर घटाउने बैंकमा सिटिजन्स बैंक र हिमालयन बैंक रहेका छन्। यी दुबै बैंकहरुले ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। ब्याजदर बढाउने बैंक भने सानिमा बैंक रहेको छ। सो बैंकले यस्तो निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दु बढाएको हो।

कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याज सिटिजन्स बैंकले दिने भएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर