वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
मारवाडीहरुले कब्जा जमाएको गौशालास्थित पशुपतिनाथको धर्मशाला खालि गराइने
Prabhu Bank AD

काठमाडौं । मारवाडीहरुले कब्जा जमाएको गौशालास्थित पशुपतिनाथको धर्मशाला खालि गराइने भएको छ । काठमाडौँ महानगरले आज धर्मशालाबाट मारवाडी सेवा समितिको सबै सामान हटाउन लागेको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अपराह्न ३ बजे सामान हटाउन लागेको जानकारी दिएका छन् ।

असोज २३ गते धर्मशाला खालि गराउन पुगेको महानगर प्रहरीलाई मारवाडी समुदायले अवरोध गरेका थिए । अवरोधबीच धर्मशालाबाट मारवाडी सेवा समितिको बोर्ड हटाएर महानगरको बोर्ड झुण्डाइएको छ ।

२१ वर्षदेखि समितिले सस्तो भाडादरमा धर्मशालाको ९ रोपनी ९ आना दुई पैसा जग्गा भोगचलन गर्दै भएको थियो । तर, सुदन किराँती पर्यटनमन्त्री भएका बेला २०८० साउन १७ गते पशुपति क्षेत्र विकास कोषले सम्झौता खारेज गरेसँगै विवाद चर्किएको छ ।

त्यसपछि मारवाडीहरुले काठमाडौँ जिल्ला अदालतमा रिट हालेका थिए । तर, सम्झौता खारेजीको निर्णय अदालतले सदर गरेपछि पनि मारवाडीहरुले धर्मशाला नछोडेपछि महानगरले प्रहरी लगाएर हटाउन लागेको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर