वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बंगलादेशी पर्यटक बढाउने उद्देस्यले होटल संघ नेपालको प्रतिनिधिमण्डल बगलादेश प्रस्थान
Prabhu Bank AD

काठमाडौं । बंगलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २१ सदस्यीय होटल व्यवसायीको टोली बिहीबार (जुलाई ४) का दिन बंगलादेश प्रस्थान गरेको छ । टोलीलाई होटल संघ नेपालका महासचिव तथा प्रवक्ता साजन शाक्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विधाई गर्नुभएको थियो । उक्त कार्यक्रम होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा जुलाई ४ देखि ७ सम्म आयोजना गर्न लागेको छ।

जुलाई ५ का लागि बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टूर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारहरुको उपस्थितिमा भव्य पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तथा बीटुबी कार्यक्रम गरी विशेष रात्रिभोजको पनि आयोजना गरिएको संघले जनाएको छ । बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको छ ।

साथै उक्त अवसरमा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवद्र्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि संघले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै उक्त अवसरमा टोलीले बंगलादेशका सरकारी प्रतिनिधि तथा पर्यटनसँग सम्वद्ध निकायहरुसँग भेटघाट गरी द्विपक्षीय पर्यटन अभिवृद्धि गर्न र बंगलादेशी पर्यटकको नेपाल आगमन बढाउन उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

उक्त कार्यक्रमको निमन्त्रणा तथा समन्वय ढाकास्थित नेपाली राजदूतावासबाट भएको हो भने नेपालको समग्र पर्यटन सम्बन्धी प्रस्तुतिकरण नेपाल पर्यटन बोर्डबाट हुने पनि होटल संघ नेपालका महासचिव तथा प्रवक्ता साजन शाक्यले जानकारी गराउनु भयो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय