वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
प्रहरी संगठनमा चरम राजनीति, राम्राभन्दा पनि एसपीमा ‘हाम्रा’को बढुवा
Prabhu Bank AD

काठमाडौं । नेपालको प्रहरी संगठन चरम राजनीतिका कारण भ्रष्ट र निकम्मा बन्दै गएको छ । योग्य, सक्षम र राष्ट्रसेवाप्रति निष्ठापूर्वक समर्पित प्रहरी अधिकारीहरुलाई प्रोत्साहन भन्दा पनि निरुत्साहन झाङ्गिएपछि बढुवाका निम्ति राजनीतिक नेतृत्वको ढोका चाहार्ने, चाकडी, चाप्लुसी गर्ने प्रवृत्तिले प्रहरी संगठनमा संस्कार र संस्थागत रुप लिदै गएको छ । जसको पछिल्लो उदाहारण हो–लामो समयदेखि खाली रहेको ८ एसपीको दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको नाम ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अध्यक्ष रहेको बढुवा समितिले बुधबार राति ८ डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको छ । जसमा बढुवा दाबेदारको पहिलो नम्बरमा रहेका डीएसपी प्रदीपकुमार क्षेत्री बढुवा नगरेर बढुवा लिस्टको अन्तिममा सिफारिश गरिएका विनोद घिमिरेलाई बढुवा गरिएको छ । घिमिरे कुनै समय हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सुरक्षा अधिकृत (पीएसओ) थिए।

गत साउनयता नेपाल प्रहरीमा ८ एसपीको दरबन्दी रिक्त थियो । जसमा मुख्य गरी १२ जना प्रतिस्पर्धामा थिए । डीएसपीमा रहेको वरियता अनुसार पहिलो नम्बरमा प्रदीपकुमार क्षेत्री थिए । १२ औं नम्बरमा भने विनोद घिमिरे थिए । यसअघि प्रहरी महानिरीक्षक कुँवरले वरियताक्रम अनुसार बढुवा गर्ने भन्दै कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनलाई कम महत्व दिँदै आएका थिए ।

सोही नीति अनुसार गत ३० वैशाखमा डीएसपीबाट एसपी बढुवा गर्दा कारबाही भोगेका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका श्यामकुमार राई समेत बढुवा भएका थिए । राई प्रहरी वृत्त बौद्धको प्रमुख भएका बेला घुससहित पक्राउ परेका थिए ।

अहिलेको बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रो नम्बरमा अंगुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौंमा श्यामबाबु ओलिया, छैटौंमा निरञ्जनदत्त भट्ट, सातौं राजन लिम्बू र आठौं नम्बरमा विनोद घिमिरे बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस भएकामध्ये सन्तोष तामाङ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पीएसओ हुन् । राजन लिम्बू पनि ओलीका पूर्वपीएसओ हुन् ।

डीएसपीमा रहँदा लिम्बु आठौं, तामाङ नवौं र घिमिरे १२ औं नम्बरमा थिए । उनीहरुलाई बढुवा गर्दा पहिलो नम्बरका क्षेत्री र छैटौं नम्बरका नारायण रञ्जितकार बढुवामा छुटेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर